• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ: अर्थमन्त्री महत (भिडियोसहित)



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले सकारात्मक संकेत देखिएको बताएका हुन् ।

उनले यसअघि अर्थतन्त्रले धेरै चुनौती सामना गरेपनि अब सुधार हुने बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ ।

पुँजी बजार, घर जग्गाको क्षेत्रमा पनि सुधार देखिएको कारण मनोवल बढ्दै गएको उनको भनाइ छ । ‘चालू खातामा ५९ अर्ब बचत रहेको छ । बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत हो ।’, उनले बताए ।

उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको बताए ।