२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिमा गरिएको परिवर्तनले घरजग्गा कारोबार र शेयर बढ्न थालेको छ: अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनको घरजग्गा कारोबार र शेयर बजारमा सकारात्मक असर देखिएको बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमश: आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताएका हुन् ।

‘जग्गा कारोबार पनि बढ्ने क्रममा छ । उपभोक्तामा मानसिकता आत्मविश्वासको कमीको कुरा छ । उपभोक्ताहरूलाई उपभोग गरौँ कि नगरौँ भन्ने द्विधा छ, लगानीकर्ताहरूलाई लगानी गरौँ कि नगरौँ भन्ने द्विधा छ, त्यो पनि अन्त्य हुँदैछ । सबैतिरबाट आत्मविश्वास जगाउने कुरा गर्‍यौँ भने अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू छन् ‘, उनले भने ।

अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने अवधि दिइएको बताए ।