• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

एनसेल सम्बन्धी रिट न्यायाधीश सुवेदीको एकल इजलासमा



काठमाडौँ । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनउपर सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शुक्रबार दायर गरेको उक्त रिट निवेदनमा आज बुधबार चौथो पटक पेसी तोकिएको हो ।

यसअघि तगातार तीनदिन पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार न्यायाधीश विनोद शर्मा र मंगलबार प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दै सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।