२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाका शिक्षकको श्रमको सम्मान निराशाजनक



अ+ अ-

काठमाडौं । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ ।

सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरु हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ ।

एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न गराइएको थियो ।

एजुकेशन इन्टरनेशन विश्वका शिक्षकहरुको साझा संस्था हो । यसका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको पेसागत क्षमता विकास र उनीहरुको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताउनुभयो । अनुसन्धानकर्ता फ्र्‍्याङ्क लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताउँदै शिक्षकलाई नागरिक तथा मानव अधिकार एवं राजनीतिक अधिकारबारे क्षमतावृद्धिका साथै अधिकार प्राप्तिाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको जनाउनुभयो । नेपाल शिक्षक सङ्घका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरुको क्षमतावृद्धिका लागि आफूहरुले स्थानीय तहसँगको सहकार्यमा काम गरिहरेको जनाउनुभयो । रासस