२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप फाइनलः नेपालको सुरुवाती–११ घोषणा



अ+ अ-

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । 

दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने उक्त खेलका लागि नेपालले सुरुवाती–११ को घोषणा गरेको छ ।

नेपालले सुरुवाती खेलको टिमबाट दुई खेलाडीलाई परिवर्तन गरेको छ । 

जसमा अभिषेक रिजाल र रवि पासवानको स्थानमा विशाल राई र सुनिल बललाई सुरुवाती–११ मा मौका दिइएको छ ।

यस्तो छ नेपालको सुरुवाती ११ः 
गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई

फरवार्ड : अन्जन विष्ट