३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि



अ+ अ-

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा सोमबार बेलुका भएको उक्त खेलमा आयोजक टोली नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो । 

खेलको १७ औं मिनेटमा नेपालका लागि सन्जोग राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनी डेब्यु गरेको दोस्रो खेलमा गोल गर्न सफल रहे । यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गरे । उनले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । यस्तै खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुब रेहमानले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए । \

खेलमा निकै नै दबदबा राखेको नेपालले गोल गर्ने थुप्रै अवसरहरु पाएको थियो । खेलको ७ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 

यस्तै १६ औं मिनेटमा अनन्त अनन्त तामाङले हेडमार्फत प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बललाई पञ्च गरेर पोस्टबाहिर फालेका थिए । यस्तै २९ औं मिनेटमा अञ्जन बिस्टले पनि गोल गर्ने राम्रो अवसर गुमाउन पुगे । 

उनले बललाई चिप गरेर पोस्टमाथि फ्याँक्न पुगेका थिए । ४४ औं मिनेटमा अनन्त तामाङले गोल गर्ने राम्रो अवसर पाएका थिए । खेलको ७० औं मिनेटमा रवि पासवानले गोल गर्ने अवसर गुमाउन पुगेका थिए । यस्तै खेलको ८७ औं मिनेटमा बंगलादेशका कप्तान जमालले फ्रिकिकबाट राम्रो गोल गर्ने प्रयास गरेका थिए । उक्त बल पोस्टबाट बाहिरिन पुगेको थियो ।

यसैबीच नेपाल राष्ट्रिय फुटबल टिमका कप्तान बिराज महर्जनले सन्यास लिने घोषणा गरेका छन् । उनले नेपालका लागि सर्वाधिक क्याप लिँदै राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।