४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि मेयर कप फुटबल प्रतियोगिता



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो ।

देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताउनुभयो । प्रतियोगितामा नगरभित्रका १६  समूहले प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता संयोजक विष्णुकुमार वाग्लेले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा किशोर–किशोरी केन्द्रित खेलकूदका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले खेलमैदान निर्माणदेखि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । खेलकूदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उहाँको भनाइ छ ।

खेलकूदका कार्यक्रमसँगै प्रशिक्षणलाई समेत अगाडि बढाउने तयारी भएको वाग्लेको भनाइ छ । सो प्रतियोगिताको विजेता समूहले नगद रु एक लाख ५० हजार तथा उपविजेता समूहले नगद रु ७५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वाग्लेले बताउनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकसहित विधागतरूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने संयोजक वाग्लेको भनाइ छ ।