४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानसँग टस जितेको छ ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा भएको टस जितेर नेपालका कप्तान देव खनालले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

उता अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।

नेपालले अफगानिस्तानविरुद्ध आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ । नेपालले पहिलो खेलमा पाकिस्ताानविरुद्ध खेलाएका स्पिनर तिलक राज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखेको छ । तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११:

देव खनाल(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी र आकाश चन्द ।