७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार प्रवद्र्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यमः मानव अधिकार आयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गर्नुभएको छ ।

मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुनेगरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई उहाँले आग्रह गर्नुभएको हो । शनिबार काठमाडौंमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवद्र्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गर्नुभयो ।

जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवद्र्धन गर्न सिकाउने माध्याम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको उहाँको भनाई थियो ।

अध्यक्ष मगरले भन्नुभयो, ‘फिल्मले हाम्रो ह्यूमन राईटस्लाई प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेश गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्छ । जस्तो हामीले राष्ट्रिय मानव अधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्धारा कसरी जान सकिन्छ ? भन्ने कुराहरुमा हामी अघि बढिराखेका छौं । विगतमा पनि साथ दिएका छौं । पछि पनि साथ दिँदै जानेछौ । सोसाइटीले ह्युमन राईटस प्रोट्रेक्टका लागि रोल खेलिराखेको हुन्छ भन्ने मैले राख्न चाहे । किनभने सबै राईटसहरु ह्युमन राईट्स हुन् ।

फिल्मबाट ह्युमन राईटस प्रोटेक्ट गर्नका लागि प्रभावकारी हुन सक्छ भन्ने बारेमा हामी लागि परेका छौं । धेरै कुराहरु छन् । त्यसलाई एजुकेटेड गर्नुपर्नेछ । त्यसका लागि फिल्म मेकरहरुले ह्युमन राईट्स प्रोटेक्शनका लागि फिल्महरु बनाउन सक्यो भने तल्लो तहसम्म ह्युमन राईटस्बारे एजुकेट गर्न सकिन्छ ।’

अध्यक्ष मगरले सबै अधिकारहरु मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको समेत बताउनु भयो ।