२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ ले तोड्यो ‘सञ्जु’को रेकर्ड



अ+ अ-

एजेन्सी । रणवीर कपुरको फिल्म ‘एनिमल’ ले डिसेम्बरको पहिलो हप्तामा सिनेमाघरदेखि बक्सअफिसमा ठूलो हलचल मचाएको छ । फ्यानमा ‘एनिमल’ को बारेमा निकै क्रेज रहेको छ ।

‘एनिमल’ रिलिज भएको एक साता बितिसक्दा पनि चर्चा कम हुन नसकेको अवस्था छ ।

यसैबीच, यो चलचित्रले आठौं दिनको बक्स अफिस कलेक्शनको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ । रणवीर कपूर र रश्मिका मन्दाना स्टारर फिल्म ‘एनिमल’ १ डिसेम्बरबाट हलमा रिलिज भएको थियो ।

यो पूरै साता ‘एनिमल’ ले फ्यानलाई निकै मनोरञ्जन दिएको छ, जसका कारण निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्मले पनि निकै चर्चा कमाएको छ ।

प्रारम्भिक ट्रेड एनालिस्टका अनुसार शुक्रबार रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ ले सबै भाषामा २१.७४ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ ।

बक्स अफिसमा ८ दिनमा ३५९.३२ करोडको कलेक्सन गरेको ‘एनिमल’ यो साताको अन्त्यमा ४०० करोड क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

यति मात्र होइन, अब ‘एनिमल’ रणवीर कपूरको करियरको पहिलो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ र यसअघि रणवीरको फिल्म ‘सञ्जु’ ले बक्स अफिसमा ३ सय ४२ करोडको व्यापार गरेको थियो, जसलाई अहिले एनिमलले पछि पारेको छ ।