१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ ले तोड्यो ‘सञ्जु’को रेकर्ड



अ+ अ-

एजेन्सी । रणवीर कपुरको फिल्म ‘एनिमल’ ले डिसेम्बरको पहिलो हप्तामा सिनेमाघरदेखि बक्सअफिसमा ठूलो हलचल मचाएको छ । फ्यानमा ‘एनिमल’ को बारेमा निकै क्रेज रहेको छ ।

‘एनिमल’ रिलिज भएको एक साता बितिसक्दा पनि चर्चा कम हुन नसकेको अवस्था छ ।

यसैबीच, यो चलचित्रले आठौं दिनको बक्स अफिस कलेक्शनको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ । रणवीर कपूर र रश्मिका मन्दाना स्टारर फिल्म ‘एनिमल’ १ डिसेम्बरबाट हलमा रिलिज भएको थियो ।

यो पूरै साता ‘एनिमल’ ले फ्यानलाई निकै मनोरञ्जन दिएको छ, जसका कारण निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्मले पनि निकै चर्चा कमाएको छ ।

प्रारम्भिक ट्रेड एनालिस्टका अनुसार शुक्रबार रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ ले सबै भाषामा २१.७४ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ ।

बक्स अफिसमा ८ दिनमा ३५९.३२ करोडको कलेक्सन गरेको ‘एनिमल’ यो साताको अन्त्यमा ४०० करोड क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

यति मात्र होइन, अब ‘एनिमल’ रणवीर कपूरको करियरको पहिलो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ र यसअघि रणवीरको फिल्म ‘सञ्जु’ ले बक्स अफिसमा ३ सय ४२ करोडको व्यापार गरेको थियो, जसलाई अहिले एनिमलले पछि पारेको छ ।