२७ जेष्ठ २०८३, बुधबार
,
Latest
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।

वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए ।

तिहारमा प्लाष्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ ।

यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।




भर्खरै