२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा रोनाल्डो ल्याएर फुटबल खेलाउँछु – पोर्चुगलका लागि अनुमोदित राजदूत नेपाल



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

अनुमोदित भएका राजदूत नेपालले नेपालमा पोर्चुगलका फुटबल खेलाडी ल्याउने कार्ययोजना प्रस्तुत गरेका छन् ।

सुनुवाइ समितिको बैठकमा सांसदहरुसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालले नेपालमा जलवायू परिवर्तनबाट हिमालमा हिउँ कम हुँदै गएको देखाउन पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल बोलाएर नेपाली खेलाडीसँग खेलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् । यसबाट नेपाली खेलाडीहरुको कार्यक्षमता समेत अभिवृद्धि हुने उनी बताउँछन् ।

यस्तै, उनले राजदुतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने जनाए ।

नेपालले भने ‘पोर्चुगलमा राजदुतावास स्थापना तथा सेवा प्रवाह मेरो पहिलो कार्ययोजना हो । पोर्चुगलमा पहिलो पटक आवासी राजदुतावास खुलेको हुँदा स्वभाविक रुपमा त्यहाँको राजदुतावास स्थापना, संचालन र कर्मचारी व्यवस्थापन मेरो पहिलो प्राथमिकतामा रहनेछ । कुटनीतिक नियोगको सुरक्षा र मर्यादालाई ध्यानमा राखी पोर्चगल सरकारद्वारा तोकिएको क्षेत्रमा आवासीय दुतावास स्थापना गर्ने, दुतावासबाट हुने राहदानी, भिसा, कन्सुलर लगायतका सेवालाई सेवाग्राहीमैत्री, सरल, सहज र पारदर्शी ढंगले सेवा प्रवाह गर्नेछु । त्यहाँ रहेका नेपालीहरुको समस्यालाई यथासम्भव सम्बोधन र सहजीकरण गर्ने मेरो काम हुनेछ ।’

सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदुतावास खोल्ने निर्णय गरेको हो ।




भर्खरै