४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । यू १९ एसिया कप अन्तरगतको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुदै १५२ रन बनायो ।

नेपालको लागि उत्तम थापा मगरले अर्धशतकिय ईनिङ खेले । उनले ७६ बलमा तीन चौका र २ छक्का हिर्काउदै ५१ रन बनाए । दिपेश कडेँल ३१ रन बनाए । उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। यस्तै अर्जुन कुमालले तीन चौकासहित २१ रन बनाए । यी बाहेक नेपालका अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका तिलक भण्डारी ७, आकाश त्रिपाठि ६, गुलशन झा १ र कप्तान देव खनाल शुन्य रनमा आउट भए ।

पाकिस्तानको लागि मोहम्मद जिसानले ९.२ ओभरमा एक मेडनसहित १९ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर दई विकेट लिदा उबेद शाह र अलि अस्फान्दले समान एक एक विकेट लिए ।