• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

भियतनाममा कोरोना भाइरस आकारको बर्गर !



एजेन्सी । भियतनाममा कोरोना भाइरस आकारको बर्गर प्रचलित बनेको छ। कोरोना भाइरस ‘कोभिड १९’ अहिले विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ।

विश्वव्यापी प्रकोप कोरोनाका कारण ४ लाखभन्दा बढी बिरामी भएका छन्। यसले २२ हजारको ज्यान लिइसकेको छ। यसबीचमा भियतनाममा कोरोना भाइरस आकारको बर्गर प्रचलित बनेको हो।

राजधानी हानोइका सेफ होआङ तुङले कोरोना भाइरस आकारको बर्गर दैनिक ५० वटा बेच्ने गरेको साउथ चाइना मर्निङ पोस्टलाई बताएका छन्। उनका अनुसार त्रसित मानिसहरुको मनोबल उच्च बनाउन कोरोना आकारको बर्गर निर्माण गरिएको हो।

तुङ भन्छन्,‘यदी केही कुरादेखि डर लाग्छ भने त्यसलाई खानुपर्छ भन्ने भनाइ हाम्रो देशमा प्रचलित छ। यस कारण पनि मैले यस्तो किसिमको बर्गर बनाएको हो।’

कोरोना भाइरस आकारको बर्गर खाएपछि मानिसहरु यसबाट नडराउने र उनीहरुको मनोबल उच्च हुने तुङको विश्वास छ। आफूले कोरोना भाइरसलाई लिएर मजाक भने नगरेको उनी सुनाउँछन्। भियतनाममा हाल १ सय ४८ व्यक्ति कोरोनाबाट संक्रमित छन्। त्यहाँ कुनै व्यक्तिको ज्यान गएको छैन।