२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा कोरोना भाइरस आकारको बर्गर !



अ+ अ-

एजेन्सी । भियतनाममा कोरोना भाइरस आकारको बर्गर प्रचलित बनेको छ। कोरोना भाइरस ‘कोभिड १९’ अहिले विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ।

विश्वव्यापी प्रकोप कोरोनाका कारण ४ लाखभन्दा बढी बिरामी भएका छन्। यसले २२ हजारको ज्यान लिइसकेको छ। यसबीचमा भियतनाममा कोरोना भाइरस आकारको बर्गर प्रचलित बनेको हो।

राजधानी हानोइका सेफ होआङ तुङले कोरोना भाइरस आकारको बर्गर दैनिक ५० वटा बेच्ने गरेको साउथ चाइना मर्निङ पोस्टलाई बताएका छन्। उनका अनुसार त्रसित मानिसहरुको मनोबल उच्च बनाउन कोरोना आकारको बर्गर निर्माण गरिएको हो।

तुङ भन्छन्,‘यदी केही कुरादेखि डर लाग्छ भने त्यसलाई खानुपर्छ भन्ने भनाइ हाम्रो देशमा प्रचलित छ। यस कारण पनि मैले यस्तो किसिमको बर्गर बनाएको हो।’

कोरोना भाइरस आकारको बर्गर खाएपछि मानिसहरु यसबाट नडराउने र उनीहरुको मनोबल उच्च हुने तुङको विश्वास छ। आफूले कोरोना भाइरसलाई लिएर मजाक भने नगरेको उनी सुनाउँछन्। भियतनाममा हाल १ सय ४८ व्यक्ति कोरोनाबाट संक्रमित छन्। त्यहाँ कुनै व्यक्तिको ज्यान गएको छैन।