२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक



अ+ अ-

एजेन्सी । रणवीर कपुरको ‘एनिमल’ ले बलिउड बक्स अफिसमा धमाका मच्चाईरहेको छ । यसले चलचित्र रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले भारतमा मात्रै २८३.७४ करोड भारु कमाएको छ ।

विश्वव्यापी कलेक्सनमा भने ‘एनिमल’ ५ सय करोड नजिक पुगेको छ । चलचित्रले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारु कमाएको छ ।

स्याकनिल्कको रिपोर्टको अनुसार मंगलबार ‘एनिमल’को हिन्दी भर्सनमा दर्शकको उपस्थिति ४२.५१ प्रतिशत रहेको थियो । बुधबार चलचित्रले घरेलु बक्स अफिसमा ३ सय करोड क्लब पार गर्ने अपेक्षा गरिएको छ ।

उता ‘एनिमल’सँगै रिलिज भएको विक्की कौशलको ‘साम बहादुर’ मा भने खडेरी लागेको छ । यस चलचित्रले मंगलबार ३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । सोमबार पनि चलचित्रले सोही रकम बराबरको कारोबार गरेको थियो ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।