१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख गुरुङद्वारा फागु पर्वको शुभकामना



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय तथा धार्मिक सांस्कृति विविधयुक्त हाम्रो मुलुकमा सबै नेपालीले खुसी र हर्षोल्लासपूर्वक होली पर्व मनाउँदै आएको बताउनुभएको छ ।

प्रदेश प्रमुख गुरुङले एक प्रेस विज्ञप्तिमामार्फत फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै यस पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरण मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।