२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो टोली किर्गिस्तान जाँदै



अ+ अ-

काठमाडौं । एसियाली/ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ ।

अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले भाग लिने छन् । चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । देविका र पुनमले १३ औं सागका स्वर्ण विजेता हुन् । इन्द्रले रजत तथा सोनियाले कांस्य जितेका थिए ।

ओलम्पिक र्‍याङकिङका रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १ सय २३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ ।

टोली प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान रहेका छन् । जुडो संघका महासचिव समेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्ने छन् । स्पोर्ट्स डाइरेक्टर सुप्रसिद्ध ताम्राकार पनि टोलीसंगै किर्गिस्तान जाँदै छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अप्रिल ३ मा हुने जुडो युनियन अफ एसिया (जेयुए) को कार्यकारी समितिको बैठक र जेयुए जोन बैठक तथा अप्रिल ४ मा हुने जेयुए कोंग्रेसमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य बिस्केक पुगिसकेका छन् । महासचिव श्रेष्ठ पनि जेयुए जोन बैठकमा सहभागी हुने बताइएको छ ।