• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

झापा एफसीको काठमाडौं रेजर्ससँग गोलरहित बराबरी



काठमाडौं । कप्तान अञ्जन बिष्ट बिनाको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ ।

दशरथ रंगशालामा सोमवार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौं रेजर्ससँग गोलरहित बराबरीको नतिजा सामना गरेको हो । पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले हार व्यहोरेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरीको नतिजा सामना गरेको थियो ।

सोही खेलमा झापाका महत्वपूर्ण खेलाडी एवं कप्तान अञ्जन घाइते भएका थिए । त्यसकारण तेस्रो खेलमा झापाले कप्तान अञ्जनबिना खेले पनि काठमाडौंलाई रोक्न सफल भयो । जारी सिजन अपराजित काठमाडौंले झापाबिरुद्ध राम्रो प्रदर्शन गर्न नसक्दा अंक बाँड्यो ।

यसअघि काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराउँदै सुखद शुरुवात गरेको थियो । तर, त्यसपछि एफसी चितवनसँग १–१ को बराबरी खेलेको काठमाडौंले तेस्रो खेलमा पनि बराबरीको नतिजा सामना गर्‍यो । यससँगै काठमाडौं तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ । झापा भने तीन खेलबाट दुई अंकसहित आठौं स्थानमा छ । त्यसअघि खेलमा राम्रो अवसर सिर्जना हुन १४औं मिनेटसम्म कुर्नुपर्‍यो । काठमाडौं रेजर्सका कुलदीप कार्कीको लामो पास नियन्त्रणमा लिँदै हिसुब थपलियाको वान टच प्रहार झापका गोलकिपर स्टेफन सुपिचले सहजै रोके ।

२७औं मिनेटमा झापाले पहिलो अवसर बनायो । प्रदीप लामाको थ्रु बल नियन्त्रणमा लिँदै जर्ज सान्चेजको पेनाल्टी क्षेत्रभित्र बाट गरेको प्रहार काठमाडौ गोलकिपर बचाए । ३१औं मिनेटमा काठमाडौंका सोखरुख महर्जनको फ्रिकिक प्रहार माथिल्लो बार हुँदै बाहिरियो । त्यसको तीन मिनेटपछि नै झापाका समिराज थोकरले पेनाल्टी क्षेत्रको लेफ्ट साइडबाट गरेको फितलो प्रहार काठमाडौंका गोलकिपर अभिसेक बरालले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको थप समयमा सान्चेजले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन् ।

प्रदीप लामासँग वान टु पासमा खेल्दै सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार काठमाडौंका गोलकिपर बरालले सहजै रोकिदिए । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रोकियो । दोस्रो हाफको शुरुवातमा नै झापाका सान्चेजले अग्रता बनाउने अवसर खेर फाले । अन्तिम डिफन्डर छक्याउँदै उनको फितलो प्रहार काठमाडौंका गोलकिपर बरालले सहजै रोके । ६४औं मिनेट झापाका समान्डर ओचिलोभको प्रहार गोलकिपर बरालले उत्कृष्ट पन्च गर्दै बाहिर पठाए । ओचिलोभको सशक्त प्रहार काठमाडौंका अन्जन राईसँग डिफ्लेक्ट भएर दिशा परिवर्तन गरे पनि बरालले उत्कृष्ट बचाउ गरे ।

लगत्तै ओचिलोभको सशक्त प्रहार पनि काठमाडौंका खेलाडीलाई ठोकिएर बाहिरियो । काठमाडौंका तोजिडिनोभ कोमिवानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । ८६औं मिनेटमा एनकेङ्ग्यु जुनियरले काठमाडौं रेजर्सलाई अग्रता दिलाउने अवसर गुमाए । राजीव लोप्चनले दिएको पासमा नियन्त्रण गर्दै अगाडि बढेका जुनियरको पेनाल्टी क्षेत्रबाट प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारे । त्यसपछि बाँकी समयमा पनि गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो ।