८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा एफसीको काठमाडौं रेजर्ससँग गोलरहित बराबरी



अ+ अ-

काठमाडौं । कप्तान अञ्जन बिष्ट बिनाको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ ।

दशरथ रंगशालामा सोमवार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौं रेजर्ससँग गोलरहित बराबरीको नतिजा सामना गरेको हो । पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले हार व्यहोरेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरीको नतिजा सामना गरेको थियो ।

सोही खेलमा झापाका महत्वपूर्ण खेलाडी एवं कप्तान अञ्जन घाइते भएका थिए । त्यसकारण तेस्रो खेलमा झापाले कप्तान अञ्जनबिना खेले पनि काठमाडौंलाई रोक्न सफल भयो । जारी सिजन अपराजित काठमाडौंले झापाबिरुद्ध राम्रो प्रदर्शन गर्न नसक्दा अंक बाँड्यो ।

यसअघि काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराउँदै सुखद शुरुवात गरेको थियो । तर, त्यसपछि एफसी चितवनसँग १–१ को बराबरी खेलेको काठमाडौंले तेस्रो खेलमा पनि बराबरीको नतिजा सामना गर्‍यो । यससँगै काठमाडौं तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ । झापा भने तीन खेलबाट दुई अंकसहित आठौं स्थानमा छ । त्यसअघि खेलमा राम्रो अवसर सिर्जना हुन १४औं मिनेटसम्म कुर्नुपर्‍यो । काठमाडौं रेजर्सका कुलदीप कार्कीको लामो पास नियन्त्रणमा लिँदै हिसुब थपलियाको वान टच प्रहार झापका गोलकिपर स्टेफन सुपिचले सहजै रोके ।

२७औं मिनेटमा झापाले पहिलो अवसर बनायो । प्रदीप लामाको थ्रु बल नियन्त्रणमा लिँदै जर्ज सान्चेजको पेनाल्टी क्षेत्रभित्र बाट गरेको प्रहार काठमाडौ गोलकिपर बचाए । ३१औं मिनेटमा काठमाडौंका सोखरुख महर्जनको फ्रिकिक प्रहार माथिल्लो बार हुँदै बाहिरियो । त्यसको तीन मिनेटपछि नै झापाका समिराज थोकरले पेनाल्टी क्षेत्रको लेफ्ट साइडबाट गरेको फितलो प्रहार काठमाडौंका गोलकिपर अभिसेक बरालले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको थप समयमा सान्चेजले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन् ।

प्रदीप लामासँग वान टु पासमा खेल्दै सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार काठमाडौंका गोलकिपर बरालले सहजै रोकिदिए । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रोकियो । दोस्रो हाफको शुरुवातमा नै झापाका सान्चेजले अग्रता बनाउने अवसर खेर फाले । अन्तिम डिफन्डर छक्याउँदै उनको फितलो प्रहार काठमाडौंका गोलकिपर बरालले सहजै रोके । ६४औं मिनेट झापाका समान्डर ओचिलोभको प्रहार गोलकिपर बरालले उत्कृष्ट पन्च गर्दै बाहिर पठाए । ओचिलोभको सशक्त प्रहार काठमाडौंका अन्जन राईसँग डिफ्लेक्ट भएर दिशा परिवर्तन गरे पनि बरालले उत्कृष्ट बचाउ गरे ।

लगत्तै ओचिलोभको सशक्त प्रहार पनि काठमाडौंका खेलाडीलाई ठोकिएर बाहिरियो । काठमाडौंका तोजिडिनोभ कोमिवानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । ८६औं मिनेटमा एनकेङ्ग्यु जुनियरले काठमाडौं रेजर्सलाई अग्रता दिलाउने अवसर गुमाए । राजीव लोप्चनले दिएको पासमा नियन्त्रण गर्दै अगाडि बढेका जुनियरको पेनाल्टी क्षेत्रबाट प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारे । त्यसपछि बाँकी समयमा पनि गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो ।