१२ असार २०८३, शुक्रबार
,
Latest
२३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रको कुरा गर्नेहरू देशद्रोही हुन्: केपी शर्मा ओली 



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताउनुभएको छ ।

समृद्धिको लाग संकल्प यात्रामा निस्कनु भएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताउनुभयो । तर उनीहरूको यो कुचेष्टा सफल नहुने उहाँले दाबी गर्नुभयो । ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीले भन्नुभयो ।

लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ’, ओलीले भन्नुभयो ।

नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताका बिचमा पुर्याउँ र नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्व पश्चिम मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान चलाएको ओलीले बताउनुभयो । विभिन्न प्रकारका भ्रम चिर्न र राष्ट्रिय एकता कायम गर्न अभियान सञ्चालन गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले गठबन्धनले गरेको कामको कारण विकास रोकिएको बताउँदै ओलीले त्यसो भन्दैमा देश बनाउन नसकिने भन्ने कुरा नभएको बताउनुभयो । नेपाल जस्तो उर्वर देशलाई दुनियाँको आकर्षकको केन्द्र बनाउन सकिने उहाँले दाबी गर्नुभयो ।
एमालेलाई सरकारबाट हटाएको अढाई वर्षमा देशमा अराजकता र अस्थिरता पैदा भएको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको ओलीले बताउनुभयो ।

एमाले सकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको, देश विकासले गति लिएको उहाँले स्मरण गराउनुभयो । ‘फेरी पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, ओलीले भन्नुभयो ।

यसै प्रति जनताको अभिव्यक्ति जागोस् र जनताको बिचार के रहेछ भन्ने कुरा बुझ्न अभियान चलाएको ओलीले बताउनुभयो । जनतासँग भएको तीन/चारदिनको भेटले वर्तमान गठबन्धन सरकारसँग जनता वाक्य दिक्क भएको आफूले पाएको ओलीले बताउनुभयो ।