२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका चार राज्यमा विधानसभाको मतगणना सुरु



भारतीय राज्य मध्यप्रदेशमा राज्य विधानसभाको मतगणनाको तयारी, २०२३ । (तस्वीरः एएनअाइ)
अ+ अ-

भारतका चार राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

आगामी वर्ष सन् २०२४ मा लोकसभाका लागि आमनिर्वाचन हुनुअघि सम्पन्न चार राज्यको विधानसभाको निर्वाचनले प्रधानमन्त्री मोदीको अग्निपरीक्षा लिने बताइएको छ ।

निर्वाचन पछि गरिएका सबैजसो मतसर्वेक्षणले चारै राज्यमा सत्तारुढ भारतीय जनता पार्टीलाई भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टीले कडा टक्कर दिने देखाएका छन् ।

भारतीय राज्यहरु मध्यप्रदेश, राजस्थान, छत्तीसगढ र तेलङ्गानामा राज्य विधानसभाका लागि चरणबद्ध निर्वाचन भएको थियो ।

चुनावी मतसर्वेक्षणले मध्यप्रदेश बाहेक राजस्थान, छत्तीसगढ र तेलङ्गानामा भाजपा हारको अवस्थामा छ भने मध्यप्रदेशमा पनि भाजपा कमजोर अवस्थामा रहेको देखाइएको छ ।

यी चारै राज्यमा विद्युतीय मतदान भएकाले आजै मतपरिणाम प्राप्त भइसक्ने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरिरहेका छन् ।