२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुलाई गाली गर्न बन्द गरौैँः घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।

अबको नयाँ पुस्ताले नेताहरुलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको तर्क थियो । शनिवार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरबिरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटकपटक दोहोर्याउनु भयो । महासचिव भुसालले मार्क्सवादको झण्डा नेताहरुले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि माक्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राजनीतिको जुन हावा चलेको छ । हावा चल्नुको केही खास कारण छन् । किनभने राजनीति हामीले नै बिगार्यौँ । माथि गएकाले बिगार्यौँ । यो क्रान्तिको झण्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरु ले नै हो, हाम्रा नेताहरुले नै हो । अब इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेशनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दाखेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ ।’

महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिष्ट नेताहरुले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने दोहोर्याउनु भयो ।