२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘एनिमल’ले पहिलो दिन कति कमायो ?



अ+ अ-

एजेन्सी । सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्म ‘एनिमल’ डिसेम्बर १ बाट विश्वव्यापी रुपमा रिलिज भएको छ । रणवीर कपुर स्टारर फिल्म बक्स अफिसमा धेरै ब्लकबस्टर फिल्महरूको रेकर्ड तोड्ने दिशामा अघि बढिरहेको छ । विक्की कौशलको ‘साम बहादुर’सँग भिड्दा पनि ‘एनिमल’ ले बम्पर ओपनिङ गरेको छ ।

रणवीर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ को बारेमा लामो समयदेखि चर्चा चलिरहेको थियो । द्रुत अग्रिम बुकिङका कारण फिल्मले उत्कृष्ट ओपनिङ गर्न सक्ने विश्वास गरिएको थियो र त्यस्तै भयो । चलचित्र बक्स अफिसमा यो वर्षको दोस्रो ठूलो ओपनर बनेको छ । रणवीरले ‘टाइगर ३’ र ‘गदर २’ जस्ता फिल्मलाई पछाडि छोडेको छ ।

फिल्म ‘एनिमल’ नोन होलिडे र नन फेस्टिबल वीकेण्डमा रिलिज भएको थियो । सेन्सर बोर्डबाट वयस्क प्रमाणपत्र प्राप्त भएको ३ घण्टाभन्दा बढीको रनटाइम, कुनै पनि सुपरस्टारको क्यामियो, कुनै हिट फ्रन्चाइजी र त्यसको शीर्षमा बहुप्रतिक्षित फिल्मसँगको टक्कर यी सबै समस्याका बाबजुद रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा हावी रह्यो ।

ग्याङ्स्टर फिल्म ‘एनिमल’ ले ओपनिङ दिनमै राम्रो कलेक्सन गरेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार रणवीर र बबी देओलको फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा सबै भाषामा कुल ६३.८० करोड रुपैयाँ कमाएको छ । फिल्मले हिन्दीमा मात्र ५४.७५ करोडको व्यापार गरेको छ । यो फिल्म रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

रणवीर कपूरसँगै फिल्ममा बबी देओल (भिलेन), अनिल कपूर, रश्मिका मन्दाना, प्रेम चोपडा, तृप्ती डिमरी जस्ता कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मलाई कबीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।