२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘एनिमल’ले पहिलो दिन कति कमायो ?



अ+ अ-

एजेन्सी । सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्म ‘एनिमल’ डिसेम्बर १ बाट विश्वव्यापी रुपमा रिलिज भएको छ । रणवीर कपुर स्टारर फिल्म बक्स अफिसमा धेरै ब्लकबस्टर फिल्महरूको रेकर्ड तोड्ने दिशामा अघि बढिरहेको छ । विक्की कौशलको ‘साम बहादुर’सँग भिड्दा पनि ‘एनिमल’ ले बम्पर ओपनिङ गरेको छ ।

रणवीर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ को बारेमा लामो समयदेखि चर्चा चलिरहेको थियो । द्रुत अग्रिम बुकिङका कारण फिल्मले उत्कृष्ट ओपनिङ गर्न सक्ने विश्वास गरिएको थियो र त्यस्तै भयो । चलचित्र बक्स अफिसमा यो वर्षको दोस्रो ठूलो ओपनर बनेको छ । रणवीरले ‘टाइगर ३’ र ‘गदर २’ जस्ता फिल्मलाई पछाडि छोडेको छ ।

फिल्म ‘एनिमल’ नोन होलिडे र नन फेस्टिबल वीकेण्डमा रिलिज भएको थियो । सेन्सर बोर्डबाट वयस्क प्रमाणपत्र प्राप्त भएको ३ घण्टाभन्दा बढीको रनटाइम, कुनै पनि सुपरस्टारको क्यामियो, कुनै हिट फ्रन्चाइजी र त्यसको शीर्षमा बहुप्रतिक्षित फिल्मसँगको टक्कर यी सबै समस्याका बाबजुद रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा हावी रह्यो ।

ग्याङ्स्टर फिल्म ‘एनिमल’ ले ओपनिङ दिनमै राम्रो कलेक्सन गरेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार रणवीर र बबी देओलको फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा सबै भाषामा कुल ६३.८० करोड रुपैयाँ कमाएको छ । फिल्मले हिन्दीमा मात्र ५४.७५ करोडको व्यापार गरेको छ । यो फिल्म रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

रणवीर कपूरसँगै फिल्ममा बबी देओल (भिलेन), अनिल कपूर, रश्मिका मन्दाना, प्रेम चोपडा, तृप्ती डिमरी जस्ता कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मलाई कबीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।




भर्खरै