२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ हेरेपछि आलिया भट्टले भनिन् – खतरनाक फिल्म



अ+ अ-

एजेन्सी । रणवीर कपुरकी पत्नी बलिउड अभिनेत्री आलिया भट्टले फिल्म ‘एनिमल’ लाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

शुक्रबार, डिसेम्बर १ मा, रणवीर कपूर र ‘एनिमल’ को टोलीले फिल्मको प्रिमियर आयोजना गरे । आलिया विशेष शो हेर्न परिवारका साथ आइन् । प्रिमियरमा आलिया आफ्नी सासु नीतु कपूर, बुबा महेश भट्ट, आमा सोनी राजदान र बहिनी शाहीन भट्टसँग देखिएकी थिइन् ।

प्रिमियरपछि, आलिया र उनको परिवार बाहिर जाँदै थिए, त्यही समयमा, आलियाले पापाराजीको अगाडि फिल्म ‘एनिमल’बारे समीक्षा दिइन् ।

आलिया भट्टको यो समीक्षा एक शब्दको मात्र थियो । इन्स्टाग्राममा एउटा भिडियो शेयर गरिएको छ, जसमा आलियालाई फिल्म ‘एनिमल’ को समीक्षा गर्न भनिएको बेला अभिनेत्रीको मुखबाट ‘आउटस्ट्यान्डिङ’ शब्द मात्रै निस्कियो । तर, यसअघि आलिया भट्टले फिल्मलाई ‘खतरनाक’ भनेकी थिइन् ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । यो सन्दीप रेड्डी वांगा द्वारा निर्देशित फिल्मले आफ्नो बुबाको हत्या प्रयासको बदला लिने एक ‘पागल’ छोराको कथा बताउँछ ।