१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ हेरेपछि आलिया भट्टले भनिन् – खतरनाक फिल्म



अ+ अ-

एजेन्सी । रणवीर कपुरकी पत्नी बलिउड अभिनेत्री आलिया भट्टले फिल्म ‘एनिमल’ लाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

शुक्रबार, डिसेम्बर १ मा, रणवीर कपूर र ‘एनिमल’ को टोलीले फिल्मको प्रिमियर आयोजना गरे । आलिया विशेष शो हेर्न परिवारका साथ आइन् । प्रिमियरमा आलिया आफ्नी सासु नीतु कपूर, बुबा महेश भट्ट, आमा सोनी राजदान र बहिनी शाहीन भट्टसँग देखिएकी थिइन् ।

प्रिमियरपछि, आलिया र उनको परिवार बाहिर जाँदै थिए, त्यही समयमा, आलियाले पापाराजीको अगाडि फिल्म ‘एनिमल’बारे समीक्षा दिइन् ।

आलिया भट्टको यो समीक्षा एक शब्दको मात्र थियो । इन्स्टाग्राममा एउटा भिडियो शेयर गरिएको छ, जसमा आलियालाई फिल्म ‘एनिमल’ को समीक्षा गर्न भनिएको बेला अभिनेत्रीको मुखबाट ‘आउटस्ट्यान्डिङ’ शब्द मात्रै निस्कियो । तर, यसअघि आलिया भट्टले फिल्मलाई ‘खतरनाक’ भनेकी थिइन् ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । यो सन्दीप रेड्डी वांगा द्वारा निर्देशित फिल्मले आफ्नो बुबाको हत्या प्रयासको बदला लिने एक ‘पागल’ छोराको कथा बताउँछ ।