५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौं । केपी ओली टि२० कपको फाइनलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनायो ।

युवा अलराउन्डर विशाल पटेलको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले केपी ओली टि२० कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।

मधेशको लागि युवा अलराउन्डर विशाल पटेलले उत्कृष्ट ब्याटिङ गरे । उनी ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाएर नट आउट रहे । ओपनर हरिशंकर शाह २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । यस्तै, विवेक यादवले ३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।