२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौं । केपी ओली टि२० कपको फाइनलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनायो ।

युवा अलराउन्डर विशाल पटेलको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले केपी ओली टि२० कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।

मधेशको लागि युवा अलराउन्डर विशाल पटेलले उत्कृष्ट ब्याटिङ गरे । उनी ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाएर नट आउट रहे । ओपनर हरिशंकर शाह २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । यस्तै, विवेक यादवले ३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।