३ भाद्र २०८३, बुधबार
,
Latest
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल–हमास द्वन्द्व: ध्वस्त घर खोज्न फर्किए गाजावासी



अ+ अ-

एजेन्सी । इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् ।

गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भएपनि युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।

इजरायलको बिरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलाहरूपछि दुई पक्षहरू गत हप्ता चार दिनको मानवीय युद्धविराममा पुगेका थिए । इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ ।

इजरायलले हमासको आक्रमणमा करिव १२ सय व्यक्तिको मृत्यु भएको र २ सय भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ ।