१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक



अ+ अ-

एजेन्सी । सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् ।

उक्त बाइक अरु बाइकका तुलनामा भने फरक छ । अनुसन्धाताको एक टिमले पट्याएर भिर्ने झोलामा राख्न मिल्ने बाइक बनाएका हुन् ।

पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (पोइमो) नाम राखिएको उक्त विद्युतीय बाइक टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले बनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि छोटो र मध्यम दूरीको यातायात प्रभावकारी बनाउन प्रयत्न गरिरहेका थिए ।

उक्त विद्युतीय बाइक कतिपय ठाउँमा झोलाबाट निकालेर त्यसमा चढेर यात्रा गर्न मिल्छ भने सार्वजनिक यातायातमा उभिँदा झोलामा राखेर समेत यात्रा गर्न मिल्छ ।

समाचारका अनुसार बाइकमा एउटा सानो विद्युतीय पम्प पनि राखिएको छ, जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाएर बस्न मिल्ने बनाउँछ ।

बाइकमा रबरका दुई जोडी पाङ्ग्रा जोडिएको छ भने सानो विद्युतीय मोटर पनि जडान गरिएको छ । त्यस्तै यो बाइकमा वायरलेस नियन्त्रक पनि समावेश छ ।

अहिले यो बाइकको तौल साढे ५ किलो भएको र अनुसन्धाता टोलीले अझै हलुका बाइक निर्माण गर्ने बताइएको छ ।