२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा



अ+ अ-

एजेन्सी । इजरायलले युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस पश्चिम बैंकको रामल्लाह शहर नजिकै रहेको इजरायली ओफर जेलबाट प्रस्थान गरेको हो ।

इजरायल जेल सेवाले इजरायल र हमास बीचको युद्धविराम सम्झौता अन्तर्गत पाँचौं चरणमा १५ महिला र १५ नाबालिगहरूसहित ३० प्यालेस्टिनीहरूलाई इजरायली जेलबाट रिहा गरिएको थियो । यसअघि मङ्गलवार हमासको सैन्य शाखा अल–कसाम ब्रिगेडले बन्धकहरूको पाँचौं समूह अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।

इजरायली सरकारले पनि गाजा पट्टीबाट रिहा गरिएका १० इजरायली र दुई थाई नागरिकसहित १२ जना बन्धकहरू प्राप्त गरेको पुष्टि गरेको छ । मंगलवार बिहान सकिँदै गरेको इजरायल र हमासबीचको मानवीय चार दिने युद्धविराम थप दुई दिनका लागि थपिएको थियो ।