२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लेन्सको पोस्टमा आधा दर्जन गोल हान्दै आर्सनल नकआउट चरणमा



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको खेलमा आर्सनलले फ्रेन्च क्लब लेन्स एफसीलाई ६–० गोलले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले खेलको पहिलो हाफमै ५ गोल गरेको थियो । आर्सनलको सहज जितमा काई हाभट्र्जले १३, गाब्रियल जेससले २१, बुकायो साकाले २३, गाब्रियल मार्टिनेलीले २७, मार्टिन ओडेगार्डले ४५.१ तथा जर्गिन्होले ८६ औं मिनेटमा (पेनाल्टी) गोल गरे ।

समूह बी कै अर्को खेलमा पिएसभीले सेभियालाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।