• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   सरकार र रुवी खानबीच ५ बुँदे सहमति ★   सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ ★   नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द ★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा

समलिंगी विवाह दर्ता: माया गुरूङ (रामबहादुर) र सुरेन्द्र पाण्डे पहिलो जोडी



काठमाडौं । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको छ।

सर्वोच्च अदालतको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले नमाने पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र जारी गरेको छ।

सर्वोच्च अदालतको १२ असार २०८० को आदेशलाई सम्मान गर्दै जारी भएको यस परिपत्रले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूलाई स्थानीय निकाय मार्फत नै विवाह दर्ता गर्ने बाटो खुलेको छ।

माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएको मायाको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले जानकारी दिनु भयो ।

पन्तका अनुसार माया गुरुङ (रामबहादुर गुरुङ)र सुरेन्द्र पाण्डे आफ्नो विवाह दर्ता गर्नका लागि दोर्दी गाउँपालिका लमजुङ जाँदै हुनुहुन्छ। त्यहाँको स्थानीय निकायबाट पनि उहाँहरूको पहिलो ऐतिहासिक समलिङ्गी विवाह दर्ता प्रक्रियामा सौहार्दपूर्ण सहयोग हुने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।