२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी विवाह दर्ता: माया गुरूङ (रामबहादुर) र सुरेन्द्र पाण्डे पहिलो जोडी



अ+ अ-

काठमाडौं । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको छ।

सर्वोच्च अदालतको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले नमाने पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र जारी गरेको छ।

सर्वोच्च अदालतको १२ असार २०८० को आदेशलाई सम्मान गर्दै जारी भएको यस परिपत्रले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूलाई स्थानीय निकाय मार्फत नै विवाह दर्ता गर्ने बाटो खुलेको छ।

माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएको मायाको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले जानकारी दिनु भयो ।

पन्तका अनुसार माया गुरुङ (रामबहादुर गुरुङ)र सुरेन्द्र पाण्डे आफ्नो विवाह दर्ता गर्नका लागि दोर्दी गाउँपालिका लमजुङ जाँदै हुनुहुन्छ। त्यहाँको स्थानीय निकायबाट पनि उहाँहरूको पहिलो ऐतिहासिक समलिङ्गी विवाह दर्ता प्रक्रियामा सौहार्दपूर्ण सहयोग हुने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।