३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकपः मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रुट्स सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अप्र्रिmकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै दबाव बनाई राख्यो । खेलको २३ औं मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा डिजोमो क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रतामा पुर्याएका थिए । 

पछि परेसँगै दबाबमा परेको मच्छिन्द्रले आक्रामक खेल्दा अतिरिक्त समयमा अभिषेक रिजालले गोलबाट अग्रता छोट्याउन पुगेको थियो । बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । पराजयसँगै मच्छिन्द्र पोखराको बसाई छोट्याउँदै आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो । सोमबार मनाङ मस्र्याङदीले संकटा विरुद्ध खेल्ने छ ।