• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

‘ओए-२’को ‘फ्याट्टै’ बोलको गीत बाहिरियो (भिडियो सहित)



काठमाण्डौ। चर्चित गीत ‘ओए’को सफलतापछि ‘ओए-२’को भिडियो सार्वजनिक भएको छ । गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ ।

‘फ्याट्टै’ बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ । नबिन रावलको संगीत तथा मिलन बिष्टको शब्द रचना रहेको छ । त्यस्तै सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका छन् । निर्माता मनोज बस्नेत हुन् ।

यस गीतको भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्यसहितको अभिनय रहेको छ । राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुंगको अभिनय रहेको भिडियोका निर्देशक, कोरियोग्राफर तथा कथाकार राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रूपको नृत्य रहेको छ ।