२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा नै अलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले बाइसाइकल किकमा सुन्दर गोल गरे । यस्तै, खेलको ५६ औं मिनेटमा माकुर्स रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए । यस्तै, ७५ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए ।

यो नतिजासँगै युनाइटेड १३ खेलबाट २४ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एभर्टन भने ४ अंकका साथ १९ औं स्थानमा छ ।