२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला ट्वान्टी–२० मा प्रदेश १ को १० विकेटले जित



अ+ अ-

काठमाडौं । कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । 

यस अघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपिएफसँग पराजित भएको थियो । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दै शानदार जित निकाललेको हो । प्रदेश–१ को जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन । रुबिना ६८ रनमा अविजित रहिन भने उनलाई काजल श्रेष्ठले व्यक्तिगत २५ रनको योगदान गर्दै जित निश्चित बनाइन । अर्धसतकीय इनिङ खेलेकी रुविनाले ४९ बलको सामना गर्दा १२ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन । नेरी थापाले अविजित २० रन जोडिन । यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना शून्यमा पवेलियन फर्किएका थिए । प्रदेश–१ की शबनम राईले एक विकेट लिईन  । 

जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । पराजित लुम्बिनीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो । प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र एपिएफ तथा दोस्रो खेल प्रदेश–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।