• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

घरेलु टोली गण्डकीले राष्ट्रिय खेलाडीले भरिएको एपीएफलाई हरायो



काठमाडौँ । केपी ओली टि-२० कपमा घरेलु टोली गण्डकीले राष्ट्रिय टोलीबाट खेलेका ७ खेलाडी भएका नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ ।

जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पाएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले सर्वाधिक २५ रन बनाए । दिनेश बुढामगरले २५, गौरव विक र अभिषेक थापाले ११ – ११ रन बनाए ।

एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिँदा इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १-१ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १८.४ ओभरमा १ सय १ रन बनाएर अलआउट भयो।

एपीएफका कप्तान प्रदीप ऎरिले सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४/१४ रन बनाए । अरुण ऎरि र अमर रौटेलाले ५/५ रन वनाए ।

गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले समाान २-२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १-१ विकेट लिए ।

समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।