२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुकरबर्गको नयाँ इन्भेन्सन: मेसेन्जर रुमबाट अब ५० जना सम्म एकैसाथ कुराकानी गर्न मिल्ने !



अ+ अ-

एजेन्सी । सामाजिक संजाल फेसबुक (अनुहार किताब) मा संस्थापक मार्क जुकरबर्गले निशुल्क रुपमा श्रब्य दृश्य (भिडियो) मा ५० जना सम्म एकैचोटी कुराकानी गर्न सकिने नयाँ विशेषता जोडेका छन् । उनले स्वयम् अप्रिल २४ का दिन प्रत्यक्ष प्रसारण आफै गरि कोरोना भाइरसमा घरमै बस्नु परेकोले नयाँ चिज ल्याएको बताए ।

उनले आफ्नै नामबाट प्रत्यक्ष प्रसारण गरि ल्याएका सबै चिजको विशेषताको बारेमा प्रकाश पारे । वर्तमान समयमा जुमले विश्व नै पकड गर्दै गरेको अवस्थामा उनले उक्त खतरालाई चुनौती दिन नयाँ बिशेषता ल्याएका हुन् । उनले घोषणा गरे पछि जुमको बजार भाउ खस्किन थालेको छ ।

नया आकृतिमा मेसेन्जर रुम नामक विशेषता रहेको छ जसमा हामीले ५० जना सम्म समूह एकै निर्माण गर्न सक्दछौ । आज उक्त घोषणा गर्नु अगाडी सम्म केवल ८ जना मात्र समूह बनाउन सकिन्थ्यो ।

व्हाट्सअप र फेसबुक (अनुहार किताब) बाट दैनिक रुपमा ७०० सय मिलियन मानिसहरु कुराकानी गर्ने उनले बताए । भिडियो९श्रब्य दृश्य०मा कुराकानी अन्तर्गत मेसेन्जर रुम (सन्देश कक्ष) उक्त नयाँ विशेषतामा रहेको छ । जस्मा प्रयोगकर्ताले ५० जना सम्मलाई निम्तो दिन सक्ने छन् भनिएको छ ।

जुमको बजार ३ प्रतिसतले दैनिक बढ्ने गरेकोमा उक्त समाचार र जुकरबर्गले प्रत्यक्ष प्रसारण गरे पछि ५ प्रतिसत मुनि झरेको छ ।

५० जनालाई सीमित गरिएको मेसेन्जर रुम (सन्देश कक्ष) नामक नयाँ आकृति तुरुन्तै चाही उपलब्ध छैन । तर जुमले कम्तिमा १०० जना संग ४० मिनेट सम्म गर गर्न दिने प्रविधि बनाएको छ ।

तर फेसबुकले निर्माण गरेको सन्देश कक्षमा भने समयको सीमितता छैन । जस्ले आतिथ्य गर्छ उसले नचाहिनेलाई रोक्न सक्ने र हटाउन पनि सक्ने बिशेषता छ । फेसबुक र मेसेन्जर पहिलेनै भएका प्रयोगकर्ताले सन्देश कक्ष निर्माण गर्न सक्ने छन् । उसले कसैलाई पनि प्रवेश दिन सक्ने छन भने जसको अनुहार किताब खाता नै छैन भनि पनि उसलाई समेत जोड्न मिल्न सकिने छ ।

मेसेन्जर रुम आज शुक्रबार देखि नै गर्न सकिने छ भने अर्को हप्ता सम्म अन्य अरु क्षेत्रमा विस्तार गरिने छ । यसको साथै व्हाट्सअपमा पनि पहिले ४ जना मात्र जोडिन सकिन्थ्यो भने हाल ८ जना सम्म जोड्न सकिने बनाएको छ ।

साथै उनको अर्को सामाजिक संजाल इन्सटाग्रामबाट पनि प्रत्यक्ष प्रसारण गरिन सकिने भएको छ ।