५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाविरूद्ध अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम जारी छ । यसैबीच, एन्फाभित्र आन्तरिक विवाद बढ्दै गइरहेको अवस्थामा शुक्रबार अख्तियारमा थप उजुरी दर्ता भएको हो ।

गत मंगलबार नेपाल र यमनबीच दशरथ रंगशालामा भएको खेलमा बिक्रि गरिएको टिकटको विषयलाई लिएर अख्तियारमा उजुरी परेको छ ।

‘भष्ट्राचाररहित परिवर्तन चाहने आम फुटबल प्रेमीहरू’ को नाममा दर्ता गराइएको उजुरीमा विश्वकप छनोट अन्तर्गत नेपाल र यमनबीचको खेलमा १३ हजार ७ सय दर्शक उपस्थित रहेकाले ६२ लाख रुपैयाँ उठ्नु पर्नेमा एन्फाले ३७ रुपैयाँ लाख मात्र हिसाब देखाएर भष्ट्राचार गरेको दाबी गरिएको छ ।

उजुरीमा टिकटको क्याटागोरीको छपाइ संख्या र पास वितरणको मापदण्डमा पनि प्रश्न गरिएको छ । साथै, एउटै नम्बरमा दुई–दुई प्याड छापिएको उजुरीमा दाबी गरिएको छ ।

यसअघि कात्तिकमा पनि एन्फाविरूद्ध अख्तियारमा उजुरी परेको थियो ।