६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद अर्ना कप फुटलब प्रतियोगितामा आज दुई खेल



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा बिहीबारदेखि सुरु भिमाद अर्ना कप फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछन् । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता अन्तर्गत आज पहिलो खेल डेढगाउँ फुटबल क्लब र युथ क्लब भिमाद (निलो)बीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आज दिउँसो १ बजे सङ्गम फुटबल क्लब र ज्योतिपुञ्ज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । शुक्लागण्डकी युवा क्लब, नेपाल युनाइटेड युके, सङ्गम फुटबल क्लब, ज्योतिपुञ्ज युवा क्लब, युवा क्लब भिमाद, दिगो युवा क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, युवा क्लब भिमाद (निलो), तनहुँ एघार, ढुकुरपोखरी युवा सञ्जाल, देवदह ब्वाइज रुपन्देही र एलजी एशोसिएसनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डरलाई रु पाँच–पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । यसैबीच बिहीबार सम्पन्न उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लबले नेपाल युनाइटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्यो । जितसँगै शुक्लागण्डकीले क्वाटरफाईलनमा स्थान बनाएको छ ।