२८ असार २०८३, आईतवार
,
Latest
भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा गोरखामा एकतिहाइ मात्र मल आपूर्ति बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु



अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिका–६ मा बिहिबारदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारी फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख दधिराज सुवेदीले खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्लागण्डकी युवा क्लब, नेपाल युनाइटेड युके, सङ्गम फुटबल क्लब, ज्योतिपुञ्ज युवा क्लब, युवा क्लब भिमाद, दिगो युवा क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, युवा क्लब भिमाद (निलो), तनहुँ एघार, ढुकुरपोखरी युवा सञ्जाल, देवदह ब्वाइज रुपन्देही र एलजी एशोसिएसनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डरलाई रु पाँच–पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका निम्ति रु २५ लाख विनियोजन गरिएको छ ।

यसैबीच फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लवले विजयी सुरुवात गरेको छ । नेपाल युनाइटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्दै शुक्लागण्डकी क्वाटर फाईलनमा प्रवेश गरेको छ ।