१४ मंसिर २०८१, शुक्रबार
,
Latest
काठमाडौंबाट रामेछाप गइरहेको फोर्स दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट मन्त्रीले बोलाएको बैठकमा सचिव र सहसचिव अनुपस्थित , गणपुरक संख्या नपुगेर बैठक रोकियो अछाममा असईले आफैंलाई गोली हानेपछि… लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त: तस्बिरहरु विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु



अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिका–६ मा बिहिबारदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारी फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख दधिराज सुवेदीले खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्लागण्डकी युवा क्लब, नेपाल युनाइटेड युके, सङ्गम फुटबल क्लब, ज्योतिपुञ्ज युवा क्लब, युवा क्लब भिमाद, दिगो युवा क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, युवा क्लब भिमाद (निलो), तनहुँ एघार, ढुकुरपोखरी युवा सञ्जाल, देवदह ब्वाइज रुपन्देही र एलजी एशोसिएसनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डरलाई रु पाँच–पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका निम्ति रु २५ लाख विनियोजन गरिएको छ ।

यसैबीच फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लवले विजयी सुरुवात गरेको छ । नेपाल युनाइटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्दै शुक्लागण्डकी क्वाटर फाईलनमा प्रवेश गरेको छ ।