१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा

स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै निकास खोज्न मिश्रको आग्रह

स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै निकास खोज्न मिश्रको आग्रह
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘मुलुकका समस्या सर्भिसिङ’ गरेरमात्र नहुने ‘ओभरहलिङ’ नै गर्नुपर्ने बतानु भएका छ ।

उहाँले जति ढिलो गर्यौँ, उति यो बिग्रिँदै जाने भन्दै नवीनसमझदारी को बाटो पहिल्याउन ढिलो नगर्न आग्रह गर्नुभएको छ ।

मंसीर ७ गतको अभियानमा सहभागी हुन आएका महिलाहरु माथी ज्यादती भएको उल्लेख गर्दे उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

हुँदैन के, चल्दैन यसरी – मान्नोस् न!

समस्या राती गएर महिलाहरूमाथि बल प्रयोग गर्नेहरूमा होइन। समस्या यो व्यवस्थाले निर्माण गरेको राजनीतिक चरित्रमा छ।

समाजको पत्र-पत्र पतित भएको छ भनेर मैले त्यसै भनेको होइन।

हिजोमात्र होइन राजनीतिक भागबण्डमा सर्वोच्चको न्यायाधिश सिफारिस भएको? अंश-अंशमा समाधान खोजेर के मात्रै सुधार्नु हुन्छ?

यस्तो लाग्दैछ, गणतन्त्र हाँक्ने भन्दा देशै ध्वस्त हुने बाटोमा जाँदा समेत गणतन्त्र जोगाऊँ भन्ने विद्वान, टिप्पणीकार, नागरिक समाजका अगुवा र मिडिया

यो देशको दुर्दशाका लागि अझ बढी जिम्मेवार छन्।

तिनले लिँडे ढिपी गरिरहे भने शान्तिपूर्णसंक्रमण हुने छैन र त्यो सुखद हुने छैन। स्थिति बसभन्दा बाहिर जानु अगाबै शान्तिपूर्णसंक्रमण मार्फत नवीनसमझदारी मा जाऊँ। नयाँ/पुराना प्रचण्डपन्थीहरूले राजसंस्थावादीहरूलाई या राजसंस्थावादीहरूले प्रचण्डपन्थीहरूलाई न्यूनिकरण गरेर कोही, काँही पुग्नुवाला छैन। देश बन्नेवाला छैन।

नवीनसमझदारी को बाटो पहिल्याउन ढिलो नगरौँ। समस्याका तदर्थ समाधानतिर नलागौँ। ‘सर्भिसिङ’ गरेर हुँदैन ‘ओभरहलिङ’ नै गर्नुपर्छ। जति ढिलो गर्यौँ, उति यो बिग्रिँदै जान्छ।