१४ मंसिर २०८१, शुक्रबार
,
Latest
बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने काठमाडौंबाट रामेछाप गइरहेको गाडी दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट मन्त्रीले बोलाएको बैठकमा सचिव र सहसचिव अनुपस्थित , गणपुरक संख्या नपुगेर बैठक रोकियो अछाममा असईले आफैंलाई गोली हानेपछि… लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त: तस्बिरहरु विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ४२ फउल, ३ पहेँलो कार्ड र १ रातो कार्ड



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले हरायो ।

अर्जेन्टिनालाई जित दिलाउन एकमात्र निर्णायक गोल निकोलास ओटामेन्डीले खेलको ६३ औं मिनेटमा गरे । खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

यसैबीच मैदान बाहिर मात्रै होइन खेलमा पनि दुबै टोलीबीच निकै फउल भए । ९० मिनेटमा थप ६ मिनेट खेलाइएको खेलमा ब्राजिलले २६ र अर्जेन्टिनाले १६ फउल गर्यो । दुबैतर्फबाट ४२ फउल भए । ब्राजिलका ३ खेलाडीले पहेँलो तथा एक खेलाडी जोएलिन्टले रातो कार्ड खाए ।

ब्राजिलले घरेलु मैदानमा विश्वकप छनोट खेल हारेको यो पहिलो पटक हो ।

जितसँगै अर्जेन्टिना शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । यता ब्राजिल समान खेलबाट ७ अंकका साथ छैटौं स्थानमा छ ।