७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मसभा तत्कालका लागि स्थगित गर्न मुस्लिम धर्मावलम्वीहरुलाई स्थानीय प्रशासनको अनुरोध



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्वीहरुले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले खनार र दुहवीमा आयोजना गर्न लागिएको सो कार्यक्रम स्थगित गर्न आयोजकहरुलाई आग्रह गरेको हो ।

गृह मन्त्रालयको निर्देशन, आयोजक संस्थाहरुसँगको छलफल र जिल्लास्थिति सर्वदलीय बैठकको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सो कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उहाँले आयोजक संस्थाहरुले मुलुकको कानुनको पालना गर्न पनि सो कार्यक्रम स्थगित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इस्लाम धर्मावलम्वीहरुको इस्तिमा कार्यक्रमलाई तत्कालका लागि सुरक्षा संवेदनशीलताका कारण स्थगित गर्न, गराउन भनि गृह मन्त्रालयको लिखित निर्देशन भए बमोजिम आयोजक पक्षसँग पटकपटक छलफल गरेर लिखित सहमती पनि कायम गरिएको अवस्था छ । र, सँगसँगै राजनीतिक दलसँग पनि सर्वपक्षीय र सर्व दलीय बैठक गरेर पनि यो कार्यक्रमलाई स्थगित गर्ने, गराउने गरी निर्णय गरिएको छ ।

सो अनुसार आयोजक पक्षलाई जानकारी पनि गराइसकिएको छ । हामीले अपेक्षा गरेका छौं–यो कार्यक्रम उहाँहरुले स्थगित गर्नुहुनेछ । र, नेपाल सरकारको निर्देशन र कानूनलाई उहाँहरुले पालना गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म दुई फरक समूहले छुट्टाछुट्टै मुस्लिम धर्म सभा इस्तिमा कार्यक्रम आयोजना गर्न लागेका थिए । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै इजाजत दिन नसकिने जनाएको थियो ।