१२ भाद्र २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा



अ+ अ-

बिराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुली नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै छठ पूजामा दण्ड प्रणाम यात्रा सु गर्नुभएको छ ।

घर नजिकै रहेको मन्दिर देखि छठ घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा दण्डप्रणाम यात्रा भनिन्छ । प्रदेश सभा सदस्य पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट हिन्दू राष्ट्रका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा सुरु गर्नुभएको छ ।

नेता पराजुलीले विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा सुरु भएको छ । पराजुलीले प्रणाम यात्राका साथ व्रत बस्न थालेको २९ वर्ष भएको छ ।

उहाँले यस अघि काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा पनि हिन्दु राष्ट्र बनाउनु पर्ने बताएका थिए ।