२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० सिरिज : जापानसामु ११४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ, : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको छ ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।

अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले आठ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६ रन बनाएको छ ।

बलिङतर्फ नेपालकी  पूजा महतो र अश्मिना कर्माचार्यले दुई दुई तथा सङ्गिता राईले एक विकेट लिएकी छिन् । रासस